इरानमा सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तेहरान ।

इरानमा हालैका दिनमा भएका सरकार विरोधी प्रर्दशनहरूमा दर्जनौँ मानिसको ज्यान गएको छ । गएको १० दिनयता महँगी विरुद्ध देशभरमा भइरहेको विरोध प्रदर्शनमा कम्तीमा पनि ३६ जनाको ज्यान गएको एचआरएएनए नाम गरेको मानव अधिकार समूहले बताएको हो । मर्नेमध्ये ३४ जना प्रदर्शनकारी भएको र २ जना सुरक्षा बलका मानिस भएको पुष्टि भएको बताइएको छ ।

इरानी अधिकारीहरूले अहिलेसम्म आधिकारिक रुपमा मर्नेको संख्या सार्वजनिक गरेको छैन । यद्यपि, तीन जना सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले भनेका छन् । बीबीसी पर्सियनले यी मृत्युको पुस्टी गरेको छ ।

२० जना मृतकको पहिचान पनि गरेको छ । १० दिनयता ६० भन्दा धेरै प्रदर्शनकारी घाइते भएको र २ हजार ७६ जना समातिएको पनि बताइएको छ । आर्थिक सङ्कट र महँगीको विरोधमा इरानमा ३१ मध्ये २७ प्रान्तमा विरोध प्रदर्शन भइरहेका छन् ।

पश्चिमी प्रान्तको इलमको मलेक्शाहीमा प्रदर्शनकारीहरूले एक प्रहरीलाई गोली हानेर हत्या गरेको मंगलबार साँझ इरानको अर्ध सरकारी सञ्चार माध्यमले भनेको थियो । प्रदर्शन चर्किँदै गएसँगै इलममा हालैका दिन अवस्था हिंस्रक बन्दै गएको छ ।

डिसेम्बर २८ यता इरानमा महँगी, खुला जारमा अमेरिकी डलरको तुलनामा इरानी मुद्राको भाउमा आएको तीव्र कमी र आर्थिक सङ्कट आदिको विरोधमा इरानीहरू सडकमा उत्रिएका छन् ।

  • २३ पुष २०८२, बुधबार १६:४९ प्रकाशित