कर्णालीमा नेकपाका बुद्धि शर्मा र अन्जु महतराले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

‎‎सुर्खेत ।
कर्णालीबाट राष्ट्रियसभाका दुई सदस्य पदमा हुन लागेको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)लाई उम्मेदवारी दर्ता गराएका छन् ।

‎शर्मा अन्य कलस्टर र महतरा महिला कलस्टरका उम्मेदवार बनेका हुन् । ‎उनीहरू वीरेन्द्रनगर स्थित निर्वाचन आयोगमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

‎‎बुद्धिप्रसाद शर्मा साविक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन् । शर्माले रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्छन् भने अन्जुले डोल्पाबाट प्रतिनिधित्व गर्छन्।

  • २३ पुष २०८२, बुधबार १५:४२ प्रकाशित