पोखरा ।
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर बुधवार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।
तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् ।














