राष्ट्रियसभा निर्वाचनमा एमालेद्वारा ७ सिटमा दाबी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड र उम्मेदवार चयनको सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहकार्य र सिट भागबण्डा टुंगो लगाउने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको हो।

बैठकपछि जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले राष्ट्रियसभाका रिक्त सिटमा नेपाली कांग्रेससँग मिलेर जाने सैद्धान्तिक सहमति भएको बताए। सोही सहमति अनुसार एमालेले सम्मानजनक उपस्थितिको खोजी गर्दै ७ सिटमा दाबी गरेको उनले बताए।

यद्यपि, कुन प्रदेशबाट कुन क्लस्टर (महिला, पुरुष, अन्य आदि) मा को उम्मेदवार बन्ने र कति सिट लिने भन्ने अन्तिम निर्णय गर्ने जिम्मा भने बैठकले अध्यक्ष ओलीलाई नै दिएको उनले बताए ।

बैठकको निर्णय सुनाउँदै एमाले भट्टले भने, ‘सिट कसले कति पाउने भन्ने विषयमा कांग्रेससँग मोटामोटी बाँडफाँडको कुरा भएको छ।’

  • २२ पुष २०८२, मंगलवार १४:२७ प्रकाशित