काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक केहीबेरमा बस्दै छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।
बैठक अहिले ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपाबीच तालमेल हुने गरी छलफल भइराखेको छ । बैठकमा प्रमुख दलबीच हुने तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नेछन् ।















