काठमाडौं ।
सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ ।
बजार खुलेपछि दिनभर हरियो रह्यो । आज २१४ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ८ को स्थिर नै रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो ।
मुलुकमा प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएपछि बजारको माहोल सकारात्मक देखिएको छ ।















