सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल हुनेछ । साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

  • २१ पुष २०८२, सोमबार १५:३० प्रकाशित