मादुरो र सिलियालाई सोमबार अमेरिकी अदालतमा उपस्थित गराइँदै

केन्द्रभाग मिडिया

वासिङ्टन डीसी ।
भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई सोमबार अमेरिकाको सङ्घीय न्यायाधीश समक्ष उपस्थित गराइने भएको छ ।

सीबीएस न्यूजका अनुसार यी दुई जनाले लागूऔषध र आतंकवादको आरोप सामना गर्नेछन् । अमेरिकी अधिकारीहरूले यो मुद्दाको सुनुवाइ न्यूयोर्कको दक्षिणी जिल्लामा हुने पुष्टि सोमबार गरेका छन् ।

मादुरो र उनकी श्रीमती सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजे सङ्घीय अदालतमा उपस्थित हुने एक प्रवक्ताले भनेका छन् । मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले शनिबार पक्राउ गरेर अमेरिका लगेका थिए । सो घटनापछि अदालतमा उनीहरूको यो पहिलो उपस्थिति हुनेछ ।

  • २१ पुष २०८२, सोमबार १४:५६ प्रकाशित