आज सुन र चाँदी दुवैको मुल्य बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको हो ।

  • २१ पुष २०८२, सोमबार ११:२५ प्रकाशित