मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्यो, ३ जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गुमेको छ ।  सुमोमा सवार अन्य ३ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

डीएसपी बोगटीका अनुसार आइतबार साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटना भएको हो ।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको थियो । ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

  • २० पुष २०८२, आईतवार २२:०० प्रकाशित