प्रधानमन्त्री कार्कीका श्रीमान् अस्वस्थ, अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार, उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या उनमा देखिएको हो । ती चिकित्सकले अन्य थप समस्या भने खुलाउन चाहेनन् ।

यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए । अहिले संक्रमणका कारण रिंगटा लाग्ने लगायतका समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना भएका हुन् ।

अहिले उनको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार, उनको उपचारबारे चिकित्सकहरूसँग थप परामर्श भइरहेको छ ।

‘उहाँ यसअघि पनि बेला बेलामा बिरामी भइरहनुहुन्थ्यो । अस्पताल जाने आउने चलिरहेको हो

 

  • २० पुष २०८२, आईतवार १४:४४ प्रकाशित