रुपन्देही–२ बाट विष्णु पौडेलको नाम एकल सिफारिस

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देही– २ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस भएको हो ।

पूर्वअर्थमन्त्री पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनले भने– ‘जिल्लाका अन्य क्षेत्रबाट पनि सिफारिसका लागि बैठक र छलफल चलिरहेका छन् तर क्षेत्र नम्बर– २ बाट पौडलको नाम एकल सिफारिस भएको छ।

रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन् ।

  • २० पुष २०८२, आईतवार १४:२८ प्रकाशित