पोखरा ।
आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो धेरैजसो मुद्राको भाउ बढ्दा युरोको भाउ भने घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा छ ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा छ ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा छ ।















