मिलेरै अघि बढ्न गगन – विश्वलाई सुजाताको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मिलेर अघि बढ्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेकी छिन् ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

मेरो सुझाव उहाँहरू मिलेर जानुपर्छ । उहाँहरू पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ । मिलेरै जाँदा उहाँहरूको हाइट बढ्छ,’ उनले भनिन् ।अहिले विषम परिस्थितिको बेला भएको भन्दै संस्थापन र इतर भन्ने बेला नभएको पनि उनको भनाइ थियो ।

‘अहिले यो क्राइसकको बेलामा संस्थापन पक्ष र विपक्ष भन्ने बेला छैन नि,’ कोइरालाले भनिन् ।

  • १८ पुष २०८२, शुक्रबार १५:४२ प्रकाशित