काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटेको छ । निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
प्रकाशित सूचना अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले भाउ घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले भाउ घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले भाउ घटाइएको निगमले जनाएको छ ।















