पोखरा ।
आज १ जनवरी २०२६ अर्थात अंग्रेजी नयाँ वर्ष । आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस विविध कार्यक्रमसहित भव्य रुपमा मनाइँदैछ । ‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवस विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाइन्छ । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।
अन्तर्राष्ट्रिय रुपमा नेपाली पनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्याउने उद्देश्यले टोपी दिवस मनाईने युवाहरुको भनाई छ ।
यस्तै पोखरासहित देशका विभिन्न स्थानमा पनि टोपी दिवस मनाइन्छ । पछिल्ला वर्षमा टोपी दिवस मनाउने क्रम बढेको छ । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।















