काठमाडौं ।
म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ४ र ६ जोडिने बाँसबोट भीरबाट खसेको पहिरोे नदी थुनिएको हो ।
गएराति १० बजेदेखिको वर्षाले पहिरो खस्दा करिब १० मिनेट म्याग्दी नदी थुनिएको बताइएको छ ।१० मिनेटपछि भने अहिले नदी आफ्नो बहावमा बग्न थालेपनि फेरि पहिरो खस्ने जोखिम भने रहेको छ ।
पहिरोले थुनिएको नदी ‘ओभरफ्लो’ भएर बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक९डीएसपी० सुर्य थापाले जानकारी दिए ।खोला बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा रहन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।














