पोखरा ।
पोखरा महागरपालिका वडा नं ९ वसपार्कमा अस्थित सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक विकास कार्यालय कास्की द्वारा प्रदान गरिएको २ लाख बरावरको विज्ञान प्रयोगशालाको औपचारिक रुपमा मन्त्री थापाले हस्तान्तरण गरे ।
सोहि क्रममा सहारा युकेका महासचिव क्याप्टेन पिताम्वर गुरुङको रू ५० हजारको आर्थिक सहयोगमा प्रदान गरिएको प्रोजेक्टरको सुभारम्भ का साथसाथै पोखरा महानगरपालिका शिक्षा महाशाखा द्वारा भौतिक संरचना स्तरोन्नती शिर्षकमा विनियोजन भएको १ लाखद्वारा खरिद गरएका फर्निचरहरू पनि हस्तान्तरण गरियो ।
साथसाथै पोखरा महानगरपालिका वडा नं ९ को ६० हजारआर्थिक सहयोगमा प्रदान गरिएको साउण्ड सिस्टम पनि विद्यालयलाई प्रदान गरिएको थियो । उक्त क्रममा सनराइज ड्राईभिङ सेन्टरका सञ्चालक समाज सेवी राजु लालचनले वडा कार्यालयद्वारा प्रदान गरेको साउण्ड सिस्टम खरिदमा अपुग भएको २० हजार हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र अवस्था सहित सम्पूर्ण अतिथीहरुलाई स्वागत गरेकी थिइन्। सोहि क्रममा विद्यालयको स्थापना देखि हालको स्थानसम्म ल्याईपुर्याउन समय र सहयोग प्रदान गर्ने सवैलाई स्मरण गर्दै कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरु अध्ययन गर्ने पवित्र थलोमा सबैको साथ सबैलाई कृतज्ञता व्यक्त गरिन् ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा आधिकृत जीवन प्रसाद रेग्मीले मन्तव्यका क्रममा विद्यालयले गरेको भौतिक तथा शैक्षिक प्रगतिको साक्षी हुन पाउँदा निकै खुशी व्यक्त गरे । सोह क्रममा महाशाखाद्वारा आगामी दिनमा विद्यालयला आवश्यक सहयोग गर्न प्रयासरत रहने बताउदै फर्निचर हस्तान्तरण गर्न पाऊँदा खुशीलागेको बताए ।
कार्यक्रमका विशेष अतिथी पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पवित्र मनले समाज सेवा गर्दा र सहयोगी मनहरुको साथले विद्यालय यो स्थानमा पुगेकोमा विद्यालयका अध्यक्ष लगाएत विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारसंग मिलेर काम गर्ने प्रतिवद्दता व्यक्त गरे ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा प्रदेश सरकारको प्रथमिकता अनुसार सार्वजनिक(निजी साझेदारीमार्फत आवश्यक प्रविधी र पूर्वाधारका साथासाथै अवसरहरुलाई अगाडि बढाउनुपर्ने बताए । आगमी आर्थीक वर्ष विद्यालयको भौतिक स्तरोन्तनीका लागी प्रदेश सरकारबाट रू ५ लाख विनियोज गरेको बताउँदै स्तरोन्तनीका क्रममा आर्थीक अभाव भएको खण्डमा थप रु ५ लाख नै थपि विद्यालयलाई वालमैत्री बनाउने प्रतिवद्दता व्यक्त गरे ।
मन्त्री थापाले आफ्नो दिवङ्गत जेष्ठ छोरा देवेन्द्र थापाको स्मृतीमा विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।














