प्रमुख सत्ता साझेदार दुई दलका शीर्ष नेताबीच छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तासाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेकाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

रसुवामा बाढीले मितेरी पुल, टिमोरिया भन्सार, जलविद्युत आयोजनामा क्षति पुगेपछि सत्ता साझेदार दल छलफलमा जुटेका छन् । प्रधानमन्त्रीले अन्य कार्यक्रम रद्द गरेका छन् ।

  • २४ असार २०८२, मंगलवार १३:१२ प्रकाशित