नुवाकोटमा बाढीमा फसेका २ जनाको ३ घण्टापछि सकुशल उद्धार

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ ।

आकस्मिक आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए ।बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

  • २४ असार २०८२, मंगलवार ११:१८ प्रकाशित