रसुवामा बाढीको बितण्डा : मितेरीपुल भाँचियो, कन्टेनर र ७/८ वटा ईभी गाडी बगायो

केन्द्रभाग मिडिया

रसुवा ।

छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३स्१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ।

बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ। साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २४ असार २०८२, मंगलवार ११:१० प्रकाशित