स्पेन भ्रमणले सम्बन्ध विस्तारमा सहयोग : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमबार प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराएका हुन् ।

आफ्नो स्पेन भ्रमणबारे संसद् बैठकलाई जानकारी गराउनुहुँदै प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको प्रतिनिधि मण्डलको भ्रमण सफल रहेको बताए । भ्रमण अन्तर्राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण रहेको र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुधारमा भूमिका खेलेको उनले जानकारी गराए ।

गोलमेच बैठकमा जलवायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयमा महत्वपूर्ण छलफल भएको चर्चा गर्नुहुँदै उनले सो बैठकमा अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता आएको बताए।

गोलमेच बैठकमा औपचारिक विकास सहयोग लगायत दिगो विकासको विषयमा समेत छलफल भएको बताए । गोलमेच बैठकमा नेपालको छवि उच्च भएको बताउँदै उनले नेपालको एजेण्डा अन्तर्राष्ट्रियकरण गर्नसमेत सहयोग पुगेको प्रष्ट पारे।

  • २३ असार २०८२, सोमबार १६:५४ प्रकाशित