आज पूर्वराजा ज्ञानेन्द्रको ७९ औं जन्मोत्सव

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन् ।

सोमबार बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।

उनको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ ।

  • २३ असार २०८२, सोमबार १२:०९ प्रकाशित