अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित कतिपय विदेशी मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ ५९ र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५८ र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा थियो ।

आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १५ र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १० र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा थियो ।

कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १३ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा थियो ।

बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २४ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा थियो ।

  • २३ असार २०८२, सोमबार ०६:३६ प्रकाशित