विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप ५ दिनको समय

केन्द्रभाग मिडिया

काठमाडौं ।

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ ।शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए ।

तर, सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए ।यद्यपि, समिति सभापति अम्मरबहादुर थापाले ५ दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो ।

फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।

  • २२ असार २०८२, आईतवार १६:५० प्रकाशित