पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइनसहित सबैजसो विदेशी मुद्राको विनिमयदरस्थिर छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
आज युरो एकको खरिददर १६० रुपैयाँ ५८ र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १० र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा छ ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा छ ।
आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा छ ।















