जाजरकोटमा भूकम्प प्रभावित बसेको टहरोमा ढुङ्गा खस्दा २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

वीरेन्द्रनगर ।

जाजरकोटमा भूकम्प प्रभावित बसेको टिनको टहरोमा ढुङ्गा खस्दा २ जनाको ज्यान गएको छ । बिहीबार राति कुशे गाउँपालिका-३ को तर्पेनाका नरबहादुर बुढाका २ छोरीको घरमाथिको भिरबाट आएको ढुंगा लागेर ज्यान गएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

ज्यान गुमाउनेमा १६ वर्षकी चन्द्रा बुढा र २० वर्षकी शर्मिला बुढा छिन् । ढुङ्गाले च्यापिँदा चन्द्राको घटनास्थलमै ज्यान गएको र शर्मिलाको उपचारका लागि स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

उनका अनुसार राति ९ बजेतिर घरमाथिको भिरबाट ढुंगा खसेको थियो ।

  • २० असार २०८२, शुक्रबार १४:२० प्रकाशित