कांग्रेस केन्द्रीय समिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राइड सेयरिङ लागू गरेरै छाड्ने दाबी गरेका छन् । प्रदेशमा राइड सेयरिङ लागु गर्ने आफू नेतृत्वको मन्त्रिपरिषद् बैठक र प्रदेशसभाको निर्णय कार्यान्वयन गर्ने भन्दै मुख्यमन्त्री पाण्डेले सो दाबी गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा भने– ‘राइड सेयरिङ लागू गर्ने प्रदेश सरकारको निर्णयमा म दृढ छु । लागू गरेरै छोड्छु । मेरो निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले झन् सजिलो बनाइदिएको छ ।’
मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ लागू भएमा तीन सयमा जान सकिने स्थानमा लागू नहुँदा ट्याक्सीले १५ सयसम्म लिने गरेको बताए । जनता ठग्नका लागि हुने आन्दोलनबाट आफू पछि नहट्ने उनको भनाइ थियो ।














