गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुञ्जन राई छन् ।

उनलाई बुधवार ललितपुरको बाँडेगाउँबाट पक्राउ गरिएको साइबर ब्युरोका एक जना अधिकृतले बताए । गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।

आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको ब्युरोका ती अधिकृतले जानकारी दिए ।

  • १९ असार २०८२, बिहीबार १५:२३ प्रकाशित