आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ७०० रुपैयाँ कायम थियो ।यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • १९ असार २०८२, बिहीबार १४:५० प्रकाशित