नेकपा एसको सचिवालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण लगायत समसामयिक राजनीतिबारे छलफल हुनेछ । यसबाहेक निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।

आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ । गत साता सुरु भएको बैठक दुई दिन बसेर स्थगित भएको थियो ।

  • १९ असार २०८२, बिहीबार १०:५२ प्रकाशित