पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवासुविधा फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।

भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनस् सक्रिय हुने घोषणा गरेकी थिइन् ।उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन् ।

  • १८ असार २०८२, बुधबार १६:३८ प्रकाशित