सभापति रामहरि खतिवडाले भने, ‘गल्ती भेटिए सजाय भोग्न तयार छु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् ।

बुधबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु,’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरी खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु ।’

साथै, उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको बताए ।

‘कुनैपनि इस्यूमा समितिको कार्यभन्दा बाहेक मैले थपेको भनेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ भन्दा बाहेक केही थिएन,’ उनले भने ।

उनले आफ्नो राजनीतिलाई नै सक्नेगरी समितिका काममाथि प्रश्न उठाउने काम भएको बताए ।

  • १८ असार २०८२, बुधबार १५:४२ प्रकाशित