संघीय निजामती सेवा विधेयकमा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । मंगलबार वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो गम्भिर विषय भएकाले छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

ुपरिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । संघीय निजामती विधेयकमा पनि त्यही भएको छ’ उनले भने, ‘ुयो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ लागिएको छ।’

अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा रहेको औँल्याए ।

  • १७ असार २०८२, मंगलवार १६:४३ प्रकाशित