काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ । अन्तरिम आदेश छलफलका लागि मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको थियो ।
तर इजलासको १८ औं नम्बरमा रहेको रिटमा सुनुवाइ गर्न नभ्याइने सर्वोच्चले जनाएको छ । यसअघि बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो । दुवै पक्षको कुरा सुनेपछि ढकाललाई महामन्त्रीमै फर्काउन अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय हुनेछ ।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न, गराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन् ।














