काठमाडौं ।
आज बिहानका लागि बो€लाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।बिहान ८: ३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको छ ।
अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो । प्रतिस्पर्धालाई ६०/४० गर्ने कि ७५/२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो ।
समितिको बैठक बस्नुअघि सोही विषयमा समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरेको थियो ।















