मुगुमा ४.८ रेक्टरको भूकम्प धक्का

केन्द्रभाग मिडिया

मुगु।
मुगु जिल्लाको जिमा आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको स्थानीय परिमाण (एमएल) ४.८ मापन गरिएको हो। भूकम्पको केन्द्र जिमा क्षेत्र वरपरको भूभागमा रहेको जनाइएको छ।

भूकम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको भए पनि हालसम्म जनधनको क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।

  • १५ असार २०८२, आईतवार १५:३१ प्रकाशित