काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् ।
संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते ।
‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ साहले भने, ‘कित भन्नुपर्यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’
विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए ।‘तर आज तिन (तल्लो स्तरमा काम गर्ने श्रेणिविहिन कर्मचारी)लाई रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिन । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर हाग्रह गर्न चाहन्छु ।’
यति भनेर उनले बैठक बहिष्कार गर्ने जानकारी गराउँदै निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट हिँडे ।














