काठमाडौँ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।
आइतबारको बैठकमा मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्मा प्रस्तुत गरेका हुन् । यस विधेयकमा संसद्मा छलफल जारी छ ।














