काठमाडौं ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो । हिजो जुन भाउमा काराबोर भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही भाउमा हुनेछ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ९० र बिक्रीदर १६० रुपैयाँ ६० पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ३९ र बिक्रीदर १८८ रुपैयाँ २२ पैसा छ ।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६० पैसा छ ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ २२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ २८ पैसा छ ।
आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३४ पैसा छ ।















