काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले पार्टी अध्यक्षबाट नहट्न अध्यक्ष माधव नेपाललाई सुझाव दिएका छन् ।
पतञ्जलि जग्गा प्रकरणमा अध्यक्षमाथि प्रतिशोधको मुद्दा चलाएको आरोप लगाएका उनीहरुले सचिवालय बैठकमा अध्यक्ष माधव नेपाललाई अध्यक्ष पदबाट नहट्न सुझाव दिएका हुन् । पतञ्जी गग्गा प्रकरणको मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव सचिवालय सदस्यहरुले दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
बैठकमा अध्यक्षको मुद्दा, सांगठानिक कार्य लगायतका एजेन्डामाथि छलफल भएको थियो र भोलि पुनः बैठक बताइएको छ । बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको विषय, सांगठानिक कार्य लगायत सातवटा एजेन्डामाथि छलफल भइरहेको उनको भनाई छ।
सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने नेता पाण्डेले बताए ।














