काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक चार घण्टादेखि जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाका विषयमा केन्द्रित रहेको बताइएको छ ।
अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपिठले काभ्रेमा जग्गा किनबेचका क्रममा हदबन्दी छुट दिने निर्णय गरेको भन्दै जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा नेपालले बुधबार विशेष अदालतमा बयान दिँदै ३५ लाख धरौटी बुझाएका थिए । सोही मुद्दाका कारण नेता नेपालको सांसद पद निलम्बन भइसके पनि दलको नेता र अध्यक्षको जिम्मेवारी कसैलाई दिएका छैनन् ।














