पोखरा ।
पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।
पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीय मिना क्षेत्रीको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । मिना टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी थिईन् ।
टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी मिनाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














