काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले रिजल्ट सकेसम्म चाँडो सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनका अनुसार परिक्षाफल सार्वजनिक गर्ने निर्णय बोर्डले गर्ने हो । आज नै बोर्ड बैठक बस्ने सम्भावना रहेको जनाइएको छ ।
यस वर्ष ६असार भित्रमा एसईईको नतिजा सार्वजनिक गर्नेगरी बोर्डले कार्यतालिका बनाएको भएपनि शिक्षकहरुले काठमाडौंमा गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो । गत २० चैत २०८१ देखि १७ वैशाख २०८२ सम्म शिक्षकहरुले आन्दोलन गरेका थिए ।
सालको ७ चैत देखि १९ चैत २०८१ सम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।















