काठमाडौँ ।
नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनका अनुसार दही चिउरा खाने दिनमा ८० लाख लिटर दही खपत हुने अनुमान भएको हो । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार देशभर करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको दहीको कारोबार हुने अनुमान रहेको छ ।
नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौँमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ गरेर दही खपत र यसको महत्वबारे जानकारी गराएको हो । सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, विशेष अतिथिमा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालको उपस्थिति रहेको थियो ।














