सेयरबजार परिसूचक नेप्से बिहीबार ४.४५ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर २५९५.७४ विन्दुमा आइपुगेको हो।आज ७ अर्ब ७८ करोडको सेयर किनबेच भयो। नेप्सेका अनुसार १ करोड ९६ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको हो।
९३ वटा सेयरको मूल्य बढे पनि १५५ वटाको घटेको छ। यस दिन ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर लगायतको मूल्य बढ्दा रिलायबल समृद्धि योजना, ओम मेगाश्री फर्म्यास्युटिक्लस, पियोर इनर्जीलगायतको घटेको छ।
आज बुटवल पावर कम्पनीको ६२ करोडको, राधी विद्युतको ३९ करोडको कारोबार भए पनि अन्यको उल्लेख्य कारोबार हुन सकेको छैन।















