भारतले ३ नेपालीलाई इरानबाट उद्धार गरेर दिल्ली ल्याइदियो

केन्द्रभाग मिडिया

भारतले इरानबाट आफ्ना नागरिकसँगै तीन जना नेपालीलइै पनि उद्धार गरी दिल्ली ल्याइदिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज २७२ भारतीय र तीन नेपाली नागरिकलाई दिल्ली ल्याइपुर्‍याइएको हो।

रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्धु’अन्तर्गत उनीहरूलाई इरानबाद्ध उद्धार गरी ल्याइएको जानकारी दिएका हुन्।

अहिलेसम्म ३ हजार ४२६ भारतीयलाई इरानबाट निकालिएको उनले बताए।तर आज ल्याइएका नेपालीका विषयमा उनले विस्तृत जानकारी दिइसकेका छैनन्।

इजरायल र इरानबीच लडाइँ सुरु भएपछि ती देशमा रहेका विभिन्न देशका नागरिक जोखिममा परेका छन्।

  • १२ असार २०८२, बिहीबार १५:१० प्रकाशित