गण्डकीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भूभागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

 

  • १२ असार २०८२, बिहीबार ०७:१४ प्रकाशित