काठमाडौं ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा बहस सकेर आदेशको तयारी भइरहेको छ । न्यायाधीशहरु आजै आदेश जारी गर्ने तयारीमा जुटेका छन् ।
नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए ।
बहस सकिएसँगै दुवै पक्ष आदेशको पर्खाइमा छन्। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो।
आजै आदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेपाल विशेष अदालतको क्यान्टिनमा आफ्ना कानुन व्यवसायीहरूसँग गफ गर्दै आदेश पर्खिरहेका हुन् ।














