अदालतमा बयान सकेर बैठक बोलाउने माधवको तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिहीबारभित्र बयान दिएर शुक्रबार सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । असार १३ गते शुक्रबार सचिवालय बैठक बोलाउने तयारी छ ।

पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि करिब दुई सातादेखि अध्यक्ष नेपाल कानुनी परामर्शमा रहेका थिए।नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएलगत्तै नेपालले नेपालका शीर्ष कानुन व्यवसायीहरूसँग परामर्श गरेका हुन् । नेपाल आज बयानका लागि विशेष अदालत उपस्थित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

आफूविरुद्ध मुद्दा दायर भएपछि उनले राजनीतिक र कानुनी लडाई लड्ने बताएका थिए । त्यसक्रममा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग राजनीतिक परामर्श पनि गरेका छन् ।

  • ११ असार २०८२, बुधबार ११:३९ प्रकाशित